Logo
Logo

कामना सेवा विकास बैंकद्वारा चेपाङ समुदायलाई खाद्यान्न वितरण


दृष्टि संवाददाता


काठमाडौं । चितवन जिल्ला राप्ती नगरपालिका–३ कान्दा बस्तीस्थित चेपाङ समुदायलाई कामना सेवा विकास बैंकले खाद्यान्न सामाग्री वितरण गरेको छ । बैंकको सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकका चितवन जिल्लास्थित शाखाका सम्पूर्ण कर्मचारीहरुबाट रकम संकलन गरी मितेरी फाउण्डेसनसँगको सहकार्यमा कान्दा बस्तीका अति न्यून आय भएका १०० घरपरिवारलाइ प्रतिपरिवार एक बोरा चामल, दुई किलो दाल, तीन किलो नुन, एक लिटर तेल, आधा केजी स्वायविन र चिउरा राहतस्वरुप वितरण गरिएको छ ।

कान्दाका चेपाङ समुदायलाई वर्षभरि खान पुग्ने अन्न उब्जा हुँदैन र उनीहरुले कतिपय समय जंगलका गिठ्ठा, भ्याकुर खाएर जीविकोपार्जन गर्ने गर्दछन् । बैंकको चितवन क्षेत्र प्रमुख सुरेन्द्र भन्डारी तथा अन्य कर्मचारीले उत्तल राहत वितरण गरेका थिए । बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न क्षेत्र र समुदायलाई आर्थिक तथा विभिन्न सहयोग र राहत वितरण गर्दै आएको छ ।

काठमाडौं–३० ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकको नारायणगढ क्षेत्रमा १४ वटा र देशका विभिन्न भागहरुमा १२४ वटा शाखा, एक विस्तारीत काउन्टर, ६६ वटा एटिएम तथा विभिन्न डिजिटल प्रविधिमार्फत ग्राहकहरुलाई आफ्नो सेवा तथा सुविधाहरु प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्