Logo
Logo

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या एकैदिन ६ हजार थपियाे


दृष्टि संवाददाता



काठमाडौं । कोरोना संक्रमण निरन्तर घटिरेहेको भारतमा कोभिड–१९ का कारण एकै दिन अहिलेसम्मकै धेरै व्यक्तिको ज्यान गएको छ। केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार १४८ जनाको ज्यान गएको छ ।


बिहार सरकारले कोभिड–१९ का कारण मृत्यु हुनेको संख्या अध्यावधिक गरेका कारण आँकडा बढेको हो । बिहारमा कोभिड–१९ का कारण जुन ९ सम्म ९ हजार ४२९ जनाको ज्यान गएको छ ।
९ जुनसम्म यो आँकडा ५ हजार ४७८ थियो, त्यसमा ३ हजार ९५१ अध्यावधिक गरिएको हो । सोही कारण पछिल्लो २४ घण्टामा देशभर मृत्यु हुनेको संख्या अहिलेसम्मकै धेरै पुगेको दाबी गरिएको छ ।
भारतमा अहिलेसम्म कोभिड–१९ का कारण तीन लाख ५९ हजार ६७६ जनाको ज्यान गएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा नयाँ संक्रमितको संख्या ९४ हजार ५२ रहेको छ । अहिलेसम्म कुल संक्रमितको संख्या दुई करोड ९१ लाख ८३ हजार भन्दा धेरै पुगेको छ । भारतका दक्षिणी राज्यहरुमा संक्रमण धेरै भएपनि नेपालसँग सीमा जोडिएका राज्यहरुमा संक्रमण उल्लेख्य रुपमा घटेको छ ।

प्रतिक्रिया दिनुहोस्