Logo
Logo

महामारीको बेला सशस्त्र प्रहरी नेतृत्वमा गुटबन्दी


दृष्टि संवाददाता



काठमाडौं । कोरोना महामारीको बेला अंग्रमोर्चामा खटिएको सशस्त्र प्रहरी बलको नेतृत्वमा गुटबन्दी बढेको छ । महानिरीक्षक शैलेन्द्र खनाल र एआइजी पुष्पराम केसीबीच बढेको तिक्तता बाहिर आएको छ ।


सिपाहीहरू महामारीविरुद्ध लडीरहेका बेला नेतृत्वभने आफैंमा लडीरहेको यो घटनाले संगठनकै बदनामी भएको छ भने कर्मचारीकै मनोबल घटाएको छ । पछिल्लो विवाद मिडियाबाजीका कारण बढेको हो । दुवै पक्षले एक अर्काविरुद्ध मिडियाबाजी गरेका छन् ।
एआइजी केसीले आफुविरुच प्रचार गरेर हटाउन खोजेको आशंका महानिरीक्षक खनालको छ । दुवै जना एउटै ब्याची हुन् । जसकारण सुरुदेखि उनीहरुबीच विवाद हुँदै आएको छ । दुई महिनाअघि खनालले केसीलाई एआइजीको पदावधि थप्नबाटै रोक्ने प्रयास गरेपछि उनीहरुबीचको सम्बन्ध थप चिसिएको थियो ।
नेतृत्वमा यस्तो असमझदारी बढ्नुमा दुवै पक्षको गल्ती रहेको एक अधिकारी बताउँछन् । ‘महानिरीक्षकज्यूले पनि सहकर्मीहरुलाई विश्वासमा लिन सक्नुभएन,’ एक बरिष्ठ अधिकारी भन्छन्,‘अधिकार नपाएपछि एआइजीसाबहरु पनि बढी गुटबन्दीमा लाग्नुभयो ।’
महानिरीक्षक खनालको कार्यकाल तीन वर्ष पुरा भइसकेको छ । उनको कार्यालय आगामी चैतमा पुरा हुन्छ । त्यसपछि केसी करिब तीन साताका लागि महानिरीक्षक हुनेछन् । त्यसअघि नै खनाललाई हटाउन सके आफु लामो समय आइजिपी हुने उनको रणनीति रहेको बताइन्छ । तर, यस्तो गुटबन्दीले संगठनलाई भने कमजोर बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्