Logo
Logo

आज मन्त्रिपरिषद् विस्तार हुने, गृहमन्त्री को ?


दृष्टि संवाददाता



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद् विस्तारको तयारी थालेका छन् । आज दिउँसो चार बजे सात मन्त्री र एक राज्यमन्त्रीलाई सपथ खुवाउन लागिएको छ ।


स्रोतका अनुसार अधिकाश मन्त्रीको नाम बालुवाटारले तय गसिकेको छ । हाल सात वटा मन्त्रालय रिक्त छन् । गृह, रक्षा जस्ता मन्त्रालयमा ओलीले आफु निकट नेतालाई नै दिने तयारी गरेका छन् । गृहमा खगराज अधिकारीदेखि महेश बस्नेतसम्मको दौडधुप छ ।

बालुवाटार स्रोतका अनुसार गृहमा खगराजको नाम तय भएको छ । रामबहादुर थापा बादलकी पत्नी नैनकला थापालाई सञ्चार मन्त्री बनाउने तयारी छ । त्यस्तै नारदुमनी रानालाई वन, कृषिमा ज्वालाकुमारी शाह, उद्योगमा राजकिशोर यादब, सामान्य प्रशासनमा माधव नेपाल पक्षमा लागेका गणेश पहाडीको नियुक्ति हुँदैछ । आशा विकलाई वनराज्यमन्त्री बनाउन लागिएको छ ।


एमालेतिर लागेका केही पूर्व माओवादी तथा माधव नेपालतर्फ लागेका केही नेतालाई समेत मन्त्री बनाउन लागिएको छ । नारदमुनी राना, बिशाल भट्टराई, निरु पाल, गोकुल बाँस्कोटा, शान्ता चौधरी लगायत पनि मन्त्रीको दौडमा छन् ।

प्रतिक्रिया दिनुहोस्