Logo
Logo

गृहमन्त्रीमा अधिकारी, रक्षा प्रधानमन्त्रीसँगै


दृष्टि संवाददाता



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गृह मन्त्रालयको जिम्मेवारी खगराज अधिकारीलाई दिएका छन् । कास्की स्थायी घर भएका नेता अधिकारी यसअघि स्वास्थ्य मन्त्री भएका थिए ।


ओलीले सरकारमा ६ मन्त्री र एक राज्यमन्त्रीलाई सपथ खुवाउने तयारी छ । उनले रक्षा मन्त्रालय भने आफैं राख्ने भएका छन् ।
त्यस्तै रामबहादुर थापा बादलकी पत्नी नैनकला थापालाई सञ्चार मन्त्री बनाउने तयारी छ । त्यस्तै नारदुमनी रानालाई वन मन्त्री बनाउन लागिएको छ । कृषिमा ज्वालाकुमारी शाह, उद्योगमा राजकिशोर यादब, सामान्य प्रशासनमा माधव नेपाल पक्षमा लागेका गणेश पहाडीको नियुक्ति हुँदैछ । आशा विकलाई वनराज्यमन्त्री बनाउन लागिएको छ । मोहन बाँनियाको मन्त्रालय तोकिएको छैन । मुगु जिल्लाबाट संघीय सांसदमा प्रतिनिधित्व गर्ने मोहन बाँनिया  कर्णालीका पुराना एमाले नेता  हुन ।

प्रतिक्रिया दिनुहोस्