Logo
Logo

पूर्व माओवादीलाई दुई मन्त्रालय


दृष्टि संवाददाता



काठमाडौं । नेकपाको एकता बदर भएपछि एमालेतिर लागेका माओवादी केन्द्रका दुई जनाले मन्त्री पाएका छन् । नैनकला थापालाई सञ्चार तथा ज्वाला शाहलाई कृषि मन्त्री बनाउने प्रधानमन्त्री ओलीको तयारी छ ।

सञ्चारमन्त्री हुन लागेकी नैनकला निवर्तनमान गृहमन्त्री रामबहादुर थापा बादलकी पत्नी हुन् । उनी यसअघि महिला आयोगको अध्यक्ष समेत भएकी थिइन् । बादलले आफ्नै श्रीमतीलाई मन्त्री बनाउन लागेकोमा चर्काे आलोचना भइरहेको छ ।

त्यस्तै ,कृषि मन्त्री बन्न लागेकी ज्वाला शाह पनि पूर्व माओवादी नेतृ हुन् । बाराको क्षेत्र नम्बर ३ कबाट उनी प्रदेशसभामा निर्वाचित भएकी थिइन् । एमालेतर्फ लागेपछि उनको सांसद पद खारेज भएको थियो । यसअघि पूर्व माओवादीका सात जना मन्त्री थिए । उनीहरुको पद सर्वाैच्चको आदेशसँगै खारेज भएको थियो । ओलीले बिहीबार सात मन्त्री र एक राज्यमन्त्री नियुक्त गर्न लागेका छन् ।

जसअनुसार गृहमा खगराज अधिकारीलाई जिम्मेवारी दिइएको छ । वनमन्त्रीमा नारदमुनी राना भएका छन् । जो रातो पासपोर्टकाण्डमा अदालतबाट दोषी ठहर भएका नेता हुन् ।

उद्योगमा जसपाका राजकिशोर यादब, सामान्य प्रशासनमा माधव नेपाल पक्षमा लागेका गणेश पहाडीको नियुक्ति भएको छ । आशा विकलाई वनराज्यमन्त्री बनाउन लागिएको छ । मोहन बाँनियाको मन्त्रालय तोकिएको छैन । रक्षा मन्त्रालय ओलीले आफैं राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्