Logo
Logo

सशस्त्रका गण- गुल्ममा रोकिएन अनियमितता


दृष्टि संवाददाता



काठमाडौं । कोरोना संक्रमण नियन्त्रणका लागि अहिले सीमा नाकामा दैनिक १८ घन्टासम्म ड्युटी गर्नुपर्ने बाध्यता छ । २४ घण्टा सीमा निगरानी गर्नु पर्ने भएकोले सशस्त्र प्रहरी बलमा बिदा आउट पनि बन्द छ ।


तर संगठनको नीति विपरीत तराइमा ड्युटीको चटारो हुंदा पहाडका युनिटमा भने बिदा छोड्ने क्रम जारि नै छ । पांचथर स्थित गुल्मका गुल्मपति डिएसपि किशोर कुमार श्रेष्ठ संगठनको निति बिपरित अधिक बिदा छोडेर रासनमा बदमासी गरेकोमा सशस्त्र प्रहरी हेडक्वार्टरले छानबिन थालेको छ । उनको गुल्म बाट झन्डै ४० प्रतिशत सम्म कर्मचारी नियमित बिदामा हुने गरेको छ ।
यस्तै्, दोलखा गुल्मका गुल्मपति डिएसपी बुद्धीनारायण महर्जनले पनि आधा भन्दा बढी कर्मचारी बिदामा पठाएर राशनको पैसा अनियमितता गरेको आरोप लागेको छ । कोरोनाको कारण केन्द्र र बाहिनीबाट समेत अनुगमन नहुने भएपछि बिदा छाड्ने बिकृती बढेको छ ।
लामापाटन स्थित तालिम केन्द्रमा रंहदा तालिमे प्रशिक्षार्थीहरुलाइ अत्याधिक यातना दिएका कारण बदनामी कमाएका महर्जन कमाण्ड कन्ट्रोलमा पनि कमजोर अधिकृत मानिन्छन् ।
यता राशनमा बदमासी गर्दै आएका मनाङ स्थित गुल्मका गुल्मपति होमनाथ पन्थिलाई एआइजी पुष्पराम केसिले उन्मुक्ति दिएका छन् । २४ घण्टे पत्र काटेर मुख्यालय स्थित प्रशासन बिभाग झिकाइएका पन्थी मुख्यालय हाजिर भएको २४ घण्टा पनि नबित्दै पुन गुल्म फर्किएपछि उनको मनोबल झन् भढेको गुल्मका कर्मचारि बताउंछन् । हाकिमसँग सेटिङ मिलाइसकेकाले जसले जे उजुरी गरेपनि केही नहुने भन्दै उनले मातहतका प्रहरीलाई थर्काउने गर्दैछन् ।
ललितपुर स्थित दक्षिणकाली गणका गणपति एसपी किरण ढुंगानाविरुद्ध पनि उजुरी परेको छ । शक्तिकेन्द्र धाएर उनी सो गणको गणपति भएका हुन् । सस्तो प्रचारबाजीका लागि पम्प्लेट छपाएर अनावश्यक फुर्ति गरेको गणकै कर्मचारी बताउंछन् । उनले पनि राशनभत्ताका लागि धेरै बिदा छाडेको स्रोत बताउँछ ।
कोरोना महामारीको बेला केही कर्मचारीहरु ज्यान दिएर खटिएका बेला केही हाकिम भने कमाउनमै व्यस्त छन् ।

प्रतिक्रिया दिनुहोस्