Logo
Logo

नयाँ गृहमन्त्रीले बुझलान् प्रहरीका पीडा ?


दृष्टि संवाददाता



काठमाडौं । गृह प्रशासनमा दर्जनौं प्रस्ताव अलपत्र परेका बेला गृह मन्त्रालयले मन्त्री पाएको छ । तुलनात्मक रुपमा राम्रो छवी भएका एमाले नेता खगराज अधिकारी गृहमन्त्री भएका हुन् ।


मन्त्री अधिकारीसँग प्रहरी अधिकारीले धेरै अपेक्षा गरेको छ । यसअघिका गृहमन्त्री रामबहादुर थापा बादलले प्रहरीका समस्या समाधानका लागि कुनै पहल गरेनन् । यसअघि स्वास्थ्य मन्त्री हुँदा पनि राम्रो काम गरेका अधिकारीले गृह मन्त्रालयमा पनि उनले सुधार ल्याउने आशा गरिएको छ ।
गृहमन्त्रीको सबैभन्दा ठूलो चुनौती प्रहरी संगठनका सरुवा तथा बढुवालाई सिष्टममा अघि बढाउने हो । जति निष्पक्षतका साथ यस्ता निर्णय ग¥यो, त्यती नै प्रहरी संगठन बलियो हुने र कानुनी शासनमा पनि त्यसको प्रभाव देखिन्छ । गृहमन्त्रीको प्रमुख काम कानुनी शासन कायम गर्ने भएकाले उनले सकेसम्म प्रहरीमा हस्तक्षेप गर्नुहुन्न ।
मन्त्री अधिकारीका अहिलेको मुख्य चुनौती सइको बढुवादेखि डिआइजीको सरुवासम्म छन् । नियमावली संशोधनको विवादका कारण चार महिनादेखि सइबाट इन्सपेक्टरको बढुवा हुन सकेको छैन । २०६० सालदेखिका दुई सय भन्दा धेरै सइको समयमा बढुवा हुन सकेको छैन । सइबाट इन्सपेक्टरमा बढुवा हुन १७ वर्ष लाग्ने अवस्था छ । यस्तो समस्या समाधान गर्न उनले नीतिगत रुपमै निर्णय गर्नुपर्ने आवश्यकता छ ।
त्यस्तै डिएसपीदेखि डिआइजीसम्मको सरुवा नियमित हुन सकेको छैन । सम्भवतः आगामी साता त्यससम्बन्धि निर्णय हुनेछ । यी सरुवाका निर्णय उनका लागि अग्निपरीक्षा हुनेछ ।


प्रहरीका सेवा सुविधा लगायत नीतिगत धेरै समस्या छन् । त्यसको समाधानमा अग्रसरता लिन सके अधिकारीले सफल गृहमन्त्रीका रुपमा आफ्नो राजनीतिक करिअरलाई नै माथि उठाउनसक्ने अवसर समेत छ ।

सशस्त्र प्रहरीमा पनि बढुवा जामका कारण नयाँ ब्याचका अधिकृतहरु मर्कामा परेका छन् । सशस्त्र प्रहरीमा करिअर प्लानिङ बनाउनु र सीमा सुरक्षामा थप सशक्त बनाउनुपर्ने अवस्था छ ।

अधिकारीले शनिबार नेपाल प्रहरी र सशस्त्र प्रहरी मुख्यालयको निरीक्षण गरेर समस्या बुझ्ने छन् । त्यसपछि उनले कस्ता निर्णय लिन्छन् भन्नेमा धेरैको चासो छ । सांसदका रुपमा पजेरो, औषधोपचार जस्ता सुविधा नलिने निर्णय लिएर अधिकारी २० वर्ष अगाडी नै राम्रो छवी भएका नेता हुन् । यसपटक उनका लागि गृहमन्त्रीको जिम्मेवारी अवसर र चुनौती दुवै छ ।

प्रतिक्रिया दिनुहोस्