Logo
Logo

​‘सपथपछि रेशम चौधरी सांसदबाट निलम्बित’


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको सपथग्रहण गरेलगत्तै रेशम चौधरीलाई पुनः डिल्लीबजार कारागार लगिने भएको छ । प्रतिनिधि सभामा निर्वाचित भएर पनि जेलमा बस्दै आएका सांसद चौधरीलाई आज बिहीबार पद तथा गोपनियताको सपथ ग्रहण गर्दैछन् ।  


सभामुख कृष्णबहादुर महराको निजी सचिवालयले पद तथा गोपनीयताको सपथ लिएपछि चौधरी निलम्बित सांसदका रुपमा जेलमै रहने जनाएको हो । 


‘रेशम चौधरीको मुद्दा कानुन अनुसार अघि बढ्छ । निर्वाचन आयोगले प्रमाणपत्रसहित पत्र पठाएपछि शपथ गराउनु संसदको कर्तव्य हो’, सभामुख महराका स्वकीय सचिव डिल्ली मल्लले भनेका छन्, ‘शपथपछि चौधरी निलम्बित संसदको रूपमा जेलमै रहन्छन् । संसद बैठकमा बस्न पाउँदैनन् ।’


उपसभामुख शिवमाया तुम्बाहाम्फेले पनि चौधरीलाई सपथग्रहण गरेपछि पुरानै पक्रयाअनुसार अघि बढ्ने बताएकी छन् । उनले पुरानै पक्रियाअनुसार उनको सपथग्रहणपछि कारगार जानेछन् । 
प्रतिनिधिसभा नियमावली २०७५ को नियम २४४ प्रतिनिधिसभाको सदस्य पक्राउ सम्बन्धी नियम छ । यो नियमको उपनियम ३ मा नैतिक पतन देखिने फौजदारी मुद्दामा अभियोगपत्र दायर भई पूर्पक्षको लागि थुनामा रहेमा सदस्यको हैसियतले कुनै कार्य गर्न नपाउने उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्