Logo
Logo

सरकारले भ्रष्टाचारीहरुलाई संगठित अपराधिक समूह घोषणा गरेर कारवाही थालेको भए


- दृष्टि न्युज/संवाददाता



सरकारले भ्रष्टाचारीहरुलाई संगठित अपराधिक समूह घोषणा गरेर कारवाही अभियान थालेको भए के हुन्थ्यो होला ? भ्रष्टाचारीहरुलाई पनि घुँडा मुनि गोली हान्ने आदेश सरकारले दिएको भए कस्तो हुन्थ्यो होला ? भ्रष्टाचारीहरुलाई पनि चैत भित्र भ्रष्टाचार गरेको सम्पति लुरु लुरु आएर बुझाउन अल्टिमेटम दिएको भए कस्तो होला ?

सरकारले गर्नुपर्ने यस्तो हो ।

किनभने भ्रष्टाचार भनेको दुई वा दुई भन्दा वढी मिलेर मात्र गरिने अपराध हो । यसले नेपालको लोकतान्त्रिक गणतन्त्रको वदनाम गरिरहेकोछ । यसले नेपाली जनताको रगत पसिनामाथि शान्तिपूर्ण तरिकाले डकैति गरिरहेकोछ । यस्तो अपराधमाथि सरकारले प्रतिवन्धको घोषणा गरेर ठुलो प्रहरी अपरेशन गर्नु पर्दथ्यो ।

यसो गरेको भए भ्रष्टाचारीहरु अहिले भागाभाग भैसकेका हुनेथिए ।

कयौं भ्रष्टाचारीहरु गिरफ्तार भैसकेको हुनेथियो । कयौंले आत्मसमर्पण गरिसकेको हुनेथियो । कयौं भ्रष्टाचारीहरु सुरक्षाकर्मीहरु संगको दोहोरो मुठभेडमा घाइते भैसकेको हुनेथियो । भ्रष्टाचार गरेर ल्याएको सम्पतिमा मोजमस्ती गरिरहेका भ्रष्टाचारीका श्रीमान श्रीमती छोरा छोरीहरुमा रुवावासी चलिरहेका हुनेथियो ।

नेपालका वहुसंख्यक जनतामा खुशीयालीको लहर आउने थियो । सरकारको जयजयकार भैरहेको हुनेथियो ।

तर सरकारले अहिले सम्म यस्तो हिम्मतीलो घोषणा गर्न सकेको छैन । चाहेको छैन । यसको गम्भीर रहस्य समयक्रममा खुल्दै जानेछ ।

सरकार र सरकारी नेकपाका ठुला नेताहरुमा यस्तो वुद्धि र साहस तथा इमान्दारीता आउने हो र भ्रष्टाचार विरुद्ध ठुलो अपरेशन थाल्ने हो भने अर्को चुनावमा दुई तिहाई वहुमत आउनेछ ।

तर सरकारले मुखले जे भने पनि सरकारी निकायहरुमा भ्रष्टाचार व्याप्त छ भन्ने कुरा प्रत्येक संचारमाध्यमहरुका दैनिक समाचारहरुले पनि स्पष्ट गरिरहेकोछ । यसको निरन्तरता भइरह्यो भने अर्को चारवर्ष पछि हुने चुनावमा गम्भीर परिणाम आउने सम्भावना वढ्नेछ ।

रवीन्द्र श्रेष्ठ

प्रतिक्रिया दिनुहोस्