Logo
Logo

सुदूरपश्चिमको नीति तथा कार्यक्रम पारित


दृष्टि संवाददाता


कैलाली । सुदूरपश्चिम प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । प्रदेशसभाको आठौँ अधिवेशनको ११ औँ बैठकले आइतबार नीति तथा कार्यक्रम पारित गरेको हो ।

नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलले नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न ह्विप जारी गरेको थियो । तर, ओली पक्षका प्रदेश सभा सदस्यहरू भने विपक्षमा उभिए । नेपाली कांग्रेसका प्रदेश सभा सदस्य मौन रहे ।

सुदूरपश्चिम प्रदेशमा सभामुख बाहेकका २४ जनामध्ये नेपाल पक्षमा १७ र ओली पक्षमा ७ जना प्रदेशसभा सदस्य छन् । कांग्रेसका १२ जना सांसद छन् ।जसपाका दुई सांसद भने आजको बैठकमा अनुपस्थित रहे ।

प्रतिक्रिया दिनुहोस्