Logo
Logo

बर्खामा जथाभावी सडक खने कारबाही


दृष्टि संवाददाता

315
Shares

काठमाडौँ । बर्खाका बेला जथाभावी सडक खन्न प्रतिबन्ध लगाइने भएको छ । बर्खामा सडक खन्ने प्रवृत्ति बढेसँगै असार १ बाट उक्त कार्य गर्न रोक लगाइने भएको हो ।

सडक विभागअन्तर्गत संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयले आइतबार सार्वजनिक सूचना जारी गर्दै सडक खन्न रोक लगाएको हो । नियम नमानेको पाइए कारबाही गर्ने सूचनामा उल्लेख छ ।

बर्खायाममा धारा, ढल, बिजुली र टेलिफोन प्रयोजनका लागि सडक खन्दा तत्काल मर्मतसम्भार गरी यथास्थितिमा ल्याउन नसकिने जनाइएको छ । यस्तो अवस्थामा सडक थप बिग्रँदै जाने भएकाले असारदेखि भदौ मसान्तसम्म कार्यालयअन्तर्गत सडक डिभिजन मातहत रहेका कुनै पनि सडक खन्न स्वीकृति नदिइने सूचनामा भनिएको छ ।

कसैले जबर्जस्ती खनेको पाइए सार्वजनिक सडक ऐन २०३१ अनुसार कडा कारबाही गरिनेछ । उपत्यकाका ठाउँठाउँमा नयाँ कालोपत्रे सडकसमेत खनेर खाल्डैखाल्डा बनाइएको छ । ती खाल्डा समयमै मर्मत गर्न नसक्दा पानी जम्ने र हिलोले सडक फोहोर बन्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्