Logo
Logo

श्रीमतीकै योजनामा माओवादी नेता पाण्डेलाई गोली हानिएको खुलासा


दृष्टि संवाददाता



काठमाडौं । कपिलवस्तुुका माओवादी नेता नेता दीपक पाण्डेयको हत्यामा उनकै श्रीमतीको संलग्नता खुलेको छ । श्रीमती महिलासमेतको योजनामा उनलाई गोली हानी हत्या गरिएको कपिलवस्तु प्रहरीले जनाएको छ ।


गोली प्रहारमा संलग्न ओमप्रकाश यादब र महिमाबीच निकटतम सम्बन्ध रहेको र उनीहरुले मिलेर पाण्डेयको हत्या गराएको कपिलवस्तु प्रहरीले जनाएको छ । आफुहरुको सम्बन्धबारे पाण्डेले थाहा पाएपछि हत्याको योजना बनेको थियो । हत्यामा प्रयोग भएको पेस्तोल समेत प्रहरीले बरामद गरेको छ ।


कपिलवस्तुका प्रहरी प्रमुख एसपी नवराज अधिकारीका अनुसार करिब ३ वर्षअघि हत्याको योजना बनाएका थिए । उनीहरुले यसका लागि हतियार खरिद र पटक–पटक पेशेवर अपराधीलाई हत्याका लागि बैना रकम दिने गरेको अनुसन्धानमा खुलेको छ ।
यस्तै पक्राउ परेका अर्का अभियुक्त रमजान साह मुसलमानले दीपकको हत्याका लागि ओमप्रकाशसँग पटक पटक गरेर एक लाख रुपैयाँ लिएका थिए । उनको साथबाट स्वचालित पेस्तोल म्याग्जिन र ८ राउण्ड गोली बरामद भएको छ ।


मृतक दीपकलाई मार्न ओमप्रकाश यादवबाट बैना बापत रकम (सुपारी) लिने हतियार लिने, साथमा राख्ने, मृतकको गतिविधिमाथि निगरानी गर्ने, वारदात समयमा दीपक पाण्डेमाधि समेत गोली हान्ने वारदातमा प्रयोग गरेको हतियार प्रतिवादी पूर्णवीर पाल्पाली कुम्हालको घरमा हतियारसहित लुकिछिपी बसेका साकिर अलि पखिया पक्राउ परेका छन् । उनी यसअघि समेत २०६४ मा हातहतियार तथा खरखजना मुद्धामा पक्राउ परी २ वर्ष कारागारमा थुनामा रही छुटेका कसुरदार हुन् ।

यस्तै पक्राउ परेका सद्दाम हुसेन खान, पूर्णवीर पाल्पाली कुम्हाल, राजेश भन्ने ज्ञानेन्द्र कुमार पाण्डेय, गोलु भन्ने राधेश्याम चौधरी, सिरिया भन्ने श्रीराम चौधरी, मोटे भन्ने नसरत अली र प्रवीन गुप्ता समेतको संलग्नतामा दीपकको हत्या भएको डीएसपी धर्मराज भण्डारीले जानकारी दिए ।


कपिलवस्तु प्रहरीले सोमबार पत्रकार सम्मेलन गरी विवरण सार्वजनिक गरेको छ ।

प्रतिक्रिया दिनुहोस्