Logo
Logo

३० वर्ष सेवाअवधि नै नपुगी नेपाल प्रहरी दुई एसएसपीको अवकाश


दृष्टि संवाददाता



काठमाडौं । ३० वर्ष सेवा अवधि नपुगी नेपाल प्रहरीका दुई एसएसपीले अवकाश पाएका छन् । एसएसपीद्वय किशोर कुमार दाहाल र देवबहादुर बोगटी केही दिनअघि अवकाश पाएका हुन् ।

एसएसपीको उमेरहदका कारण उनीहरुले अवकाश पाएका हुन् । एसएसपीको हदमा पदावधि ६ वर्ष र उमेरहद ५५ वर्ष हुन्छ । उमेरका कारण उनीहरुले अवकाश पाएका हुन् ।
दुवै जना प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीसँगै २०४९ सालमा इन्सपेक्टर पदबाट भर्ना भएका थिए । आफुभन्दा जुनियरहरु एआइजी हुँदा पनि उनीहरुले भने डिआइजीबाटै अवकाश पाएका छन् । गत वर्षको डिआइजी बढुवामा जुनियर ब्याचबाट बढुवा गरेर उनीहरुलाई छुटाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्