Logo
Logo

विश्वकै ठूलो शालिग्राम शिला क्षेत्रको बजार डुबानमा


दृष्टि संवाददाता


पर्वत । अविरल वर्षाका कारण विश्वकै ठूलो शालिग्राम शिला र यस क्षेत्रमा रहेको बजार डुबानमा परेको छ । पर्वत, स्याङ्जा र गुल्मीको सिमानामा पर्ने पर्वतको बिहादी गाउँपालिका वडा नम्बर ६ सेतीवेणीमा रहेको विश्वकै ठूलो शालिग्राम शिला र स्याङ्जातर्फको बजार डुबानमा परेको हो ।

बजारवासीलाई संरक्षणका लागि बनाइएको तटबन्ध र ग्याविनसमेत पानीले पुरिएपछि शिलामा दर्शन गर्न जाने पूर्वाधारमा पूर्ण क्षति पुगेको छ । पानीको बहाव ह्वात्तै बढेपछि स्थानीय रातभर जाग्राम बसेका थिए । कालीगण्डकी र सेती खोला दुवैको बहाव उच्च हुँदा जोखिम बढेको हो ।

मुलुककै सबैभन्दा ठूलो कालीगण्डकी ए जलविद्युत् आयोजनाको बाँधका कारण बाढी आउँदा पर्वत, स्याङ्जा र गुल्मीको सिमानामा पर्ने सेतीवेणी बजार डुबानको खतरामा पर्ने गरेको छ ।

सेतीवेणी बजारमा डुबानको खतरा बढेपछि पर्वतमा पर्ने बजार क्षेत्र र स्याङ्जातर्फको बजार क्षेत्रमा झन्डै २ सय व्यापारी तथा सर्वसाधारण समस्यामा परेका छन् । ११ वर्षअघि कालीगण्डकी र सेतीखोला उर्लेर आउँदा ३ दर्जन घरपरिवार विस्थापित बनेका थिए ।

प्रतिक्रिया दिनुहोस्