Logo
Logo

टेकुका जिम सञ्चालक पक्राउ, एक लाख जरिवाना


दृष्टि संवाददाता



काठमाडौं । निषेधाज्ञाको समयमा निषेधित जिम खोल्ने प्रहरी फन्दामा परेका छन् । टेकुस्थित इलाइट फिटनेस सेन्टरका सञ्चालक र कामदारलाई प्रहरीले सोमबार पक्राउ गरेको छ ।

सो फिटनेस सेन्टरका सञ्चालक गौतम बहादुर श्रेष्ठलाई एक लाख तथा कर्मचारी दीपक थापालाई पाँच हजार रुपैयाँ जरिवाना गरिएको छ । निषेधाज्ञाको समयमा मान्छेहरु जम्मा गरि रोग फैलाउने काम गरेकाले उनलाई पक्राउ गरी जिल्ला प्रशासन कार्यालय पठाइएकोमा जरिवाना भएको कालिमाटी वृत्तका डिएसपी अपिल बोहराले बताए ।
त्यस्तै, कुलेश्वरस्थित फलफुल पसलका सञ्चालक र कामदारलाई समेत प्रहरीले पक्राउ गरेको छ । पसल सञ्चालक सञ्जय कुमार गुप्ता तथा कामदारहरु दिपक पाँडे र राजकुमार सुनारलाई प्रहरीले पक्राउ गरेकोमा गुप्तालाई ५० हजार तथा दुवै कामदारलाई ३–३ हजार रुपैयाँ जरिवाना भएको छ । फलफुल पसल बिहान मात्र खोल्न पाइनेमा उनीहरुले दिनभरी खोलेको पाइएपछि प्रहरीले कारबाही गरेको हो ।

प्रतिक्रिया दिनुहोस्