Logo
Logo

रानीमहलको जग्गा अतिक्रमण


- दृष्टि न्युज/संवाददाता


पाल्पा, १४ चैत । पाल्पास्थित रानीमहल दरबार क्षेत्रको करिब ४० रोपनी जग्गा व्यक्तिको नाममा दर्ता भएको छ । २०३२ सालमा जिल्लामा नापी आउनुअघि रानीमहल पूलबारीको जग्गा सार्वजनिक थियो । यस क्षेत्रको खानीगाउँ खोलातर्फ केहीको जग्गाबाहेक अरु जग्गा सार्वजनिक रहेको स्थानीय अगुवा लीला भट्टराईले बताए ।
रानीमहल फूलबारी क्षेत्रमा पुजारी बस्ने कुटी, फूलका बगैँचा र आँपका बोट थिए । यस क्षेत्रको उत्तरतर्फको जग्गा व्यक्तिको नाममा दर्ता भएको हो । रानीमहल दरबार क्षेत्रमा बस्दै आएका सामाकोटे परिवारले ०३२ सालमा उक्त जग्गा आफ्नो नाममा दर्ता गराएको भट्टराईले बताए ।
उनीहरुले नै ०३० देखि ०६२ सालसम्म उक्त क्षेत्रका जग्गा खरिद बिक्री गर्दै आएको भट्टराईको भनाइ छ । अहिले सामाकोटे कहाँ छन् भन्ने जानकारी नभएको उनले बताए ।
रानीमहल क्षेत्रमा पर्यटकको चहलपहल बढ्दै गएको र सरकारले एक सय पर्यटकीय गन्तव्य स्थलको सुचिमा राखेपछि जग्गा अतिक्रमणकारी सलबलाउन थालेका हुन् । राणा खड्कशम्सेरले निर्माण गरेको रानीमहल दरबार वरीपरी करिब ५० रोपनीभन्दा बढी क्षेत्रफल अतिक्रमणमा परेको छ । रानीमहल मायाको प्रतिकका रुपमा परिचित छ ।

प्रतिक्रिया दिनुहोस्