Logo
Logo

आफ्नै हाकिमसँग १५ लाख असुल्ने प्रयास


दृष्टि संवाददाता



काठमाडौं । आफ्नै हाकिमसँग १५ लाख असुल्न खोज्ने एक सरकारी कर्मचारी पक्राउ परेका छन् । बाराका एक प्रमुख प्रशासकीय अधिकृतसँग १५ लाख फिरौती माग्ने सोही कार्यालयका कार्यालय सहयोगी मुकेश प्रसाद यादबलाई प्रहरीले पक्राउ गरेको हो ।


उनले गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नविनकुमार श्रीवास्तवलाई धम्क्याएका थिए। उनले धम्काएर १५ लाख फिरौती मागेका थिए । यादवलाई बुधबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए।
श्रीवास्तवलाई एनसेलको अपरिचित नम्बरबाट फोन तथा म्यासेज आएको थियो। यादवले श्रीवास्तवसँग १५ लाख रुपैयाँ एक घण्टामा नदिए गोली हानेर हत्या गर्ने भन्दै धम्क्याएका थिए। त्यसरी यादवले पटकपटक धम्क्याएपछि श्रीवास्तवले अडिओसहित प्रहरी कार्यालयमा सूचना दिएका थिए।

’केही दिनदेखि उसले त्यसरी फिरौती माग गरिरहेको थियो। अधिकृतले दिन्छु भनेर आलटाल गरिरहेका थिए। तर धेरै पटक धम्की आएपछि प्रहरी कार्यालयमा उजुरी प¥यो,’ डिएसपी मिश्रले भने। धम्कीपछि सजिलै पैसा कमाइने लोभमा उनी यस्तो अपराधमा लागेको खुलेको छ ।

प्रतिक्रिया दिनुहोस्