Logo
Logo

राष्ट्रसंघीय शान्ति मिसनमा नेपालको ऐतिहासिक उपलब्धि, तेस्रो स्थानमा उक्लियो


दृष्टि संवाददाता



काठमाडौं । संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा नेपालले ऐतिहासिक उपलब्धि हात पारेको छ । शान्ति मिसनमा सेना-प्रहरीको संख्याको हिसाबले नेपाल तेस्रो स्थानमा उक्लिएको छ ।


नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलका अनुसार ५ हजार ६ सय ८६ जना कार्यरत छन् । बंगलादेश र रुवान्डापछि नेपाल तेस्रो स्थानमा उक्लिएको हो । छिमेकी देश भारत पाँचौ स्थानमा छ ।


नेपालले शान्ति मिसनमा बहादुरीका साथ उत्कृष्ट काम गरेकाले राष्ट्रसंघले नेपाललाई ठूलो अवसर दिएको हो । शान्ति मिसनका कारण एकातर्फ देशको शिर उँचो भएको छ भने त्यसबाट हुने आम्दानीले समेत देशको अर्थतन्त्रमा ठूलो टेवा दिदै आएको छ ।

नेपाली सुरक्षाअधिकारीहरु विभिन्न द्वन्द्वग्रस्त देशमा खटिदै आएका छन् । हाल कार्यरत ५६८६ मध्ये करिब ५३०० भने नेपाली सेनाका कर्मचारी छन् । नेपाल प्रहरीको संख्या घटेपनि नेपाली सेनाको संख्या शान्ति मिसनमा बढ्दै गएको हो ।

प्रतिक्रिया दिनुहोस्