Logo
Logo

चेक बाउन्स मुद्दामा १ करोड १५ लाख जरिवाना


दृष्टि संवाददाता



काठमाडौं । खातामा पैसा नभएको चेक दिएर ठगी गर्ने व्यक्ति प्रहरी फन्दामा परेका छन् । ललितपुरको गोदावरी नगरपालिका १२ ठेचो घर भएका हिरा महर्जनलाई प्रहरीले पक्राउ गरेको हो ।


चेक बाउन्स मुद्दामा उनलाई अदालतले एक करोड १५ लाख ३८ हजार रुपैयाँ जरिवाना र तीन वर्ष कैद सजाय सुनाएको थियो । अदालतको फैसला नमानी उनी फरार रहँदै आएका थिए ।

पैसा नभएको चेक दिएर उनले ठगी गरेको थिए । बैंकिङ कसुर मुद्दा दायर भएपछि अब उनले पीडितलाई चेकमा भएको रकम समेत दिनुपर्ने छ साथै सरकारलाई एक करोड १५ लाख जरिवाना तिर्नुपर्ने छ । त्यसका साथै तीन वर्ष जेल पनि बस्नुपर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्