Logo
Logo

दक्षिण कोरियामा काम गर्ने उमेर समूह घट्दै


सोल/सिन्ह्वा


सोल, १४ चैत (सिन्ह्वा) । दक्षिण कोरियामा आगामी वर्षबाट काम गर्ने उमेर समूहको जनसंख्या घट्ने अनुमान गरिएको छ । दक्षिण कोरियाली तथ्यांक विभागले बिहीबार सार्वजनिक गरेको तथ्यांकअनुसार सो कुरा प्रष्ट भएको हो ।
तथ्यांक विभागले गरेको सन् २०१७ बाट २०६७ सम्मको अनुमान अनुसार काम गर्ने उमेर समूह अर्थात् १५ देखि ६४ वर्षका व्यक्तिहरु सन् २०१७ मा ३ करोड ७५ लाख ७० हजार पुगेको थियो । सो संख्या सन् २०६७ सम्मकै सबैभन्दा बढी हुने देखिन्छ । त्यसपछि सो संख्या घट्न शुरु हुने भएको बताइएको छ । सन् २०१७ मा उक्त उमेर समूहका नागरिकको संख्या सबैभन्दा बढी पुगी त्यसबाट घट्दै जाने देखिएको सो तथ्यांक विभागले जनाएको छ ।
सन् २०२० बाट वार्षिक रुपमा औषत ३ लाख ३० हजार काम गर्ने जनसंख्या घटदै जाने बताइएको छ । सन् १९५५ बाट १९६३ सम्म जन्मेकाहरु बृद्ध उमेरमा प्रवेश गर्ने भएकोले काम गर्नेहरुको संख्या घट्दै जाने तथ्यांक विभागले बताएको छ । सो विभागकाअनुसार काम गर्ने उमेर समूहको जनसंख्या सन् २०१७ मा ७३ प्रतिशत थियो भने यो संख्या घटेर सन् २०५६ मा पुग्दा ४९.९ प्रतिशत पुग्ने बताइएको छ ।

यसैगरी सो जनसंख्या सन् २०६७ मा पुग्दा ४५.४ प्रतिशत पुग्ने छ । यसरी सन् २०६७ मा यो जनसंख्या दक्षिण कोरियाको इतिहासमा नै सबैभन्दा कम हुन जाने कुरा उक्त समाचारमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्