Logo
Logo

राजीनामा दिएका सैनिकले सुविधा पाएनन्


दृष्टि संवाददाता



काठमाडौं । नेपाली सेनाले १६ वर्षमा पेन्सन अवधि लागू गरेपछि तल्लो तहमा खुशीयाली देखिएको थियाे । तर, राजीनामा दिएका सैनिकले समयमा सुविधा नपाउँदा निरास भएका छन् ।


बैशाखमा राजीनामा दिएका सैनिकले समेत रकम, कमल, पेन्सन पट्टा तथा सफाइ हालसम्म पाएका छैनन् । जसले गर्दा उनीहरु त्यती कामका लागि महिनौं काठमाडौं बस्न बाध्य भएका छन् ।
२० वर्षपछि मात्र पेन्सन पाउने तर राजीनामा भने १६ वर्षमै दिन पाउने सुविधा प्रधानसेनापति पूर्णचन्द्र थापाको प्रस्तावमा सरकारले ल्याएको थियो । नयाँ प्रावधानअनुसार राजीनामा बढेको छ । तर, निषेधाज्ञाको कारण भन्दै भन्दै राजीनामा स्वीकृत भइसकेका कर्मचारीलाई पेन्सनपट्टा दिइएको छैन । जसले गर्दा विदेश जान लागेका तथा उपत्यकाबाहिर जान लागेकाहरु समस्यामा परेका छन् ।

स्वेच्छिक अवकाश रोजेका एक कर्मचारी भन्छन्,‘भन्ने बेलामा सेनामा डिजिटल सिस्टम छ भन्ने , तर सिपाहीलाई भुलाउन यो पारा ठिक भएन ।’

प्रतिक्रिया दिनुहोस्