Logo
Logo

‘अवसरवादी गठबन्धन सरकारको नेतृत्व गरेकालाई विश्वासको मत दिन सकिन्न’


दृष्टि संवाददाता


पोखरा । गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विपक्षी गठबन्धबाट मुख्यमन्त्री बनेका कृष्णचन्द्र नेपाली पोखरेललाई विश्वासको मत दिन नसक्ने स्पष्ट पारेका छन् ।

मुख्यमन्त्री पोखरेलले राखेको प्रस्तावबारे बोल्दै गुरुङले अवसरवादी गठबन्धनको सरकारलाई विश्वासको मत दिन नसकिने बताए ।
गण्डकी प्रदेशको प्रमुख प्रतिपक्षी दल एमालेका नेता गुङले मुख्यमन्त्री पोखरेललाई विश्वासको मत दिन नसक्ने बताएपनि सफल कार्यकालको शुभकामना दिए ।

उनले मुख्यमन्त्री पोखरेलको राजनीति जीवनको प्रशंसा गर्दै भने, ‘उहाँ गण्डकी प्रदेशसभाकै पाको, लोकतान्त्रिक आन्दोलनमा योगदान गरेको र शालीन व्यक्तित्व हुनुहुन्छ । तर, अवसरवादी गठबन्धन सरकारको नेतृत्व गरेकाले विश्वासको मत दिन नसक्ने स्पष्ट पार्छु ।’

संघीयता बलियो बनाउनकै लागि आफू मुख्यमन्त्री हुँदा काम गरेको भन्दै गुरुङले प्रदेश सरकारलाई आफूहरूले खबरदारी गर्ने बताए । उनले काठमाडौंको मानसिकता बोकेर प्रदेश सरकार चलाउन नसकिने समेत बताए । मुख्यमन्त्री पोखरेलले आज विश्वासको मत लिन प्रस्ताव पेस गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्