Logo
Logo

लुम्बिनीको ‘सञ्चार माध्यमसम्बन्धी’ विधेयक फिर्ता लिन माग


दृष्टि संवाददाता


काठमाडाैं । नेपाल पत्रकार महासंघले लुम्बिनी प्रदेश सरकारले संसदमा दर्ता गरेको सञ्चार माध्यम सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक फिर्ता लिन माग गरेको छ।

महासंघले विधेयकमा रहेका कतिपय प्रावधान प्रेस स्वतन्त्रतामैत्री नभएको र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता एवं स्वतन्त्र पत्रकारिताको मान्यताविपरीत रहेकाले विधेयकप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हाे ।

महासंघले गत माघमा विधेयकका प्रेस स्वतन्त्रताविरोधी प्रावधानहरुमाथि गम्भीर असहमति राखेको थियो। गत जेठ २७ गते संसदमा दर्ता भएपछि पनि महासंघको केन्द्रीय समिति, प्रदेश समिति र जिल्ला शाखाले पनि तत्काल विधेयक फिर्ताको माग गरिरहँदा सरकारका जिम्मेवार निकायमा बस्नेहरुले विधेयकको पक्षमा गरेको वकालतलाई गम्भीररुपमा लिएको महासंघले जनाएको छ।

प्रदेश सरकारले दर्ता गराएको विधेयकमा प्रेसलाई नियन्त्रण गर्ने, प्रेस स्वतन्त्रतालाई संकुचन गर्ने, दर्ता खारेजीलगायत पत्रकारलाई जेल सजायजस्ता प्रेसविरोधी प्रावधान रहेकोले यो विधेयक आपत्तिजनक हुनुका साथै संविधानको मर्म र भावनाविपरीत रहेको महासंघ ठहर छ।

प्रतिक्रिया दिनुहोस्