Logo
Logo

मेलम्चीका नाममा राहत संकलन गरे २ वर्षसम्म जेल

१ लाखसम्म जरिवाना हुने


दृष्टि संवाददाता


सिन्धुपाल्चाेक । सिन्धुपाल्चोक जिल्ला प्रशासन कार्यालयले मेलम्ची बाढीका नाममा चन्दा वा सहयोग संकलन नगर्न भनेकाे छ ।

शुक्रबार विज्ञप्ति जारी गरी प्रशासन कार्यालयले कालोबजारी गरेको पाइए २ वर्षसम्म कैद वा १ लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने चेतावनी दिएको छ।

विज्ञप्तिमा ‘विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७४ को दफा २४ (१) (ख) बमोजिम ‘अनुमति लिई वा नलिई विपदका नाममा चन्दा, राहत वा सहयोग संकलन गरेमा र ऐ ऐनको दफा १ (ख) मा विपदको समयमा अप्राकृतिक रूपमा बजारमूल्य वृद्धि गरेमा वा कालोबजारी गरेमा वा गुणस्तरहीन वस्तु वा सेवाको कारोबार गरेमा’ त्यस्तो कार्य गर्नेलाई कसुरको मात्रा हेरी एक लाख रुपैयाँसम्म जरिवाना गर्न सकिने भनिएकाे छ ।

यस्तै २ वर्षसम्म कैद वा दुवै सजाय व्यवस्था भएकोले त्यस्तो गलत क्रियाकलाप नगर्न/नगराउन, भए गरेको जानकारी वा सूचना प्राप्त भएमा जिल्ला प्रहरी कार्यालय वा नजिकको प्रहरी चौकी वा (मोबाइल नम्बर ९८४१३९२८८३) मा जानकारी गराइदिन पनि अपिल गरिएकाे छ ।

प्रतिक्रिया दिनुहोस्