Logo
Logo

काठमाडौं महानगरको नगरसभा दुई दिन स्थगित


दृष्टि संवाददाता


काठमाडाैं । काठमाडौं महानगरपालिकाले सार्वजनिक गरेको आर्थिक वर्ष २०७८/२०७९को नीति तथा कार्यक्रममाथिको छलफल आइतबारसम्मका लागि स्थगित भएको छ ।

उपमेयरसहित कांग्रेस निकटका जनप्रतिनिधिले नीति–तथा कार्यक्रमबारे केही अध्ययन गर्न दुई दिनको समय माग गरेपछि प्रमुख शाक्यले आजको छलफलदुई दिनका लागि स्थगित गरेका हुन् ।

असार ३ गते काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले नवौँ नगरसभाको पहिलो वैठकमा नीति–तथा कार्यक्रम सार्वजनिक गरेका थिए ।

प्रमुख शाक्यले असार १० गते बजेट ल्याउनै पर्ने कानुनी बाध्यतालाई समेत ध्यानमा राखेर नेपाली कांग्रेसका तर्फका जनप्रतिनिधिसँग सघन छलफल गरेको पनि स्मरण गराए ।

नगरसभामा पेस भएको नीति तथा कार्यक्रमलाई अझ परिपक्क बनाउन उनीरुबाट गहकिलो सुझाव आउने अपेक्षा लिएको पनि उनले बताए ।

महानगरपालिकाको नीति तथा कार्यक्रममा १ सय बेडको ‘काठमाडौं महानगर विशेष अस्पताल’ स्थापना गर्ने, विद्युतीय सवारी करमा शतप्रतिशत छुट दिने, कोभिड–१९ को महामारीबाट प्रभावित करदातालाई विशेष छुट/सहुलियत दिने , महानगरवासीलाई ‘नागरिक स्वास्थ्य विमा कार्यक्रम’, ‘एक वडा एक नमूना विद्यालय कार्यक्रम’ लगायतका कार्यक्रमह ल्याएको छ ।

प्रतिक्रिया दिनुहोस्