Logo
Logo

मेलम्चीमा फेरि भीषण बाढी


दृष्टि संवाददाता


काठमाडौं । मेलम्चीमा फेरि भीषण बाढी आएको छ । करिब ९ बजेतिर एक्कासी नदीमा ठूलो बाढी आएपछि नदी तटीय क्षेत्रका स्थानीयको भागभाग भएको छ ।

बाढी मेलम्ची बजारको इलाका प्रहरी कार्यालय छेउसम्म आइपुगेको छ । चनौटेको रातो पुलमाथिबाट नदी बगिरहेको छ ।

एक्कासी बाढी बढेपछि स्थानीयमा झन् त्रास बढेको छ । स्थानीय प्रशासनले नदी आसपासका नागरिकलाई सुरक्षित स्थानमा बस्न र सावधानी अपनाउन आग्रह गरेको छ ।

सुनकोशी र भोटेकोशी नदीमा पनि पानीको बहाव बढेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्