Logo
Logo

कट्टरपन्थी धर्मगुरु इब्राहिम बने इरानको राष्ट्रपति


दृष्टि संवाददाता


एजेन्सी । कट्टरपन्थी नेता इब्राहिम रईसी इरानको राष्ट्रपति बनेका छन्  । उनी ६२ प्रतिशत मत ल्याएर राष्ट्रपतिमा निर्वाचित भएको बीबीसीले जनाएको छ ।

रईसी इरानका वरिष्ठ न्यायधीश पनि हुन् । अत्यन्तै रुढीवादी बिचारधाराका मानिने रईसीलाई अमेरिकाले प्रतिबन्ध लगाएको छ । राजनीतिक बन्दीलाई फाँसीको सजाय दिने निर्णयमा उनको संलग्नता रहेको बताइन्छ ।

सन् २०१७ मा हसन रुहानीसँग राष्ट्रपति पदमा हार बेहोरेपछि ६० वर्षीय रईसीले सन् २०१९ मा न्यायालय प्रमुखको रुपमा नियुक्ती पाएका थिए ।

इरानमा सर्बोच्च नेतापछि राष्ट्रपति दोस्रो वरीयतामा पर्छ । इरानका सर्बोच्च नेता हाल अयोतोल्लाह अलि खमेनी छन् । रईसीले अगष्टको पहिलो साता कार्यभार सम्हाल्नेछन् ।

रायसी राष्ट्रपति निर्वाचित भएसँगै इरानले आणविक गतिविधि बढाउसक्ने भन्दै अन्तर्राष्ट्रिय समुदायले चासो व्यक्त गर्नुपर्ने इजरायलले टिप्पणी गरेको छ ।

इजरायलको विदेश मन्त्रालयका प्रवक्ता लियर हैतले नवनिर्वाचित राष्ट्रपति रायसीले यसअघि नै आणविक गतिविधि बढाउने संकेत गरेको भन्दै यसको परीणाम सुखद नहुने भन्दै चिन्ता व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्