Logo
Logo

मन्त्रिपरिषद् पुनर्गठन: सर्वोच्चमा आज सुनुवाइ हुँदै


दृष्टि संवाददाता


काठमाडौं । मन्त्रिपरिषद् पुनर्गठनविरुद्ध परेको रिटमा आज (मंगलबार) सर्वोच्च अदालतमा सुनुवाइ हुँदै छ । सर्वोच्चले मंगलबार दुवै पक्षलाई छलफलका लागि बोलाएको हो ।

छलफलपछि सर्वोच्चले अन्तरिम आदेश जारी गरेमा प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय दुई पटकसम्म गरेको मन्त्रिपरिषद पुनर्गठन रद्द हुने भएको छ ।

गत जेठ २५ गते न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले विपक्षीलाई मन्त्रिपरिषद पुनर्गठन गर्नुपर्नाको कारण १५ दिनभित्र बुझाउन आदेश दिएको थियो ।

कामचलाउ प्रधानमन्त्रीले गरेको मन्त्रिपरिषद् पुनर्गठन असंवैधानिक भएको भन्दै रिट निवेदकले अन्तरिम आदेशमार्फत बदर गर्न माग गरेका छन् । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलगायतले राष्ट्रपति, प्रधानमन्त्रीलगायतलाई विपक्षी बनाउँदै मन्त्रिपरिषद पुनर्गठनविरुद्ध रिट दायर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्