Logo
Logo

इंग्ल्याण्ड र चेक रिपब्लिकबीच प्रतिस्पर्धा हुँदै


दृष्टि संवाददाता


एजेन्सी । १६ औं संस्करणको युरोकप फुटबलमा इंग्ल्याण्ड र चेक रिपब्लिकबीच प्रतिस्पर्धा हुँदैछ ।

पौने १ बजे हुने खेलमा इंग्ल्याण्ड अपराजित रहँदै अन्तिम १६ मा पुग्न चाहान्छ भने चेक गणतन्त्र इंग्ल्याण्डको अपराजित यात्रामा पूर्णविराम लगाउन चाहान्छ ।

हाल समुह डी मा चार अंकका साथ दोस्रो स्थानमा रहेको इंग्ल्याण्ड अन्तिम खेलमा चेक गणतन्त्रसँग पराजित भएपछन उत्कृष्ट तेस्रो टिमका रुपमा अन्तिम १६ मा पुग्ने पक्का भएको छ ।

युक्रेन र फिनल्याण्डको समान तीन तीन अंकका साथ समुह बी र सी मा तेस्रो स्थानमा रहँदा इंग्ल्याण्डका अहिले चार अंक छ । त्यसैले पनि उसले अन्तिम खेलमा हारेपनि उत्कृष्ट तेस्रो टिमका रुपमा नकआउट चरणमा पुग्ने पक्का छ ।

इंग्ल्याण्डका लागि अन्तिम विकल्पका रुपमा छ । समुह डी को अन्तिम खेलमा चेक गणतन्त्रलाई हराएमा उसले विजेताका रुपमा अन्तिम १६ मा पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्