Logo
Logo

क्रोएसिया र स्कटल्याण्ड भिड्दै


दृष्टि संवाददाता


एजेन्सी । जारी युरोकप फुटबलमा आज समूह ’डी’को खेलमा क्रोएसिया र स्कटल्याण्ड भिड्दै छन्। नेपाली समय अनुसार राति १२ः४५ बजे सुरु हुनेछ।

हाम्पडेन पार्कमा हुने खेलमा क्रोएसिया र स्कटल्याण्ड दुबै टिम जित निकाल्दै अन्तिम १६ मा पुग्ने सम्भावना कायम राख्न चाहन्छन्।

यस समूहमा क्रोएसिया २ खेलमा १ अंक जोडेर तेस्रो स्थानमा छ । पहिलो खेलमा इंग्ल्यान्डसँग १–० ले पराजित क्रोएसियाले दोस्रो खेलमा चेक रिपब्लिकसँग १–१ गोलको बराबरीमा खेलेको थियो।

स्कटल्याण्ड २ खेलमा १ अंक जोडेर पुछारमा रहेको छ। पहिलो खेलमा चेक रिपब्लिकसँग २–० ले पराजित स्कटल्याण्डले दोस्रो खेलमा इंग्ल्यान्डलाई गोलरहित बराबरीमा रोकेको थियो।

प्रतिक्रिया दिनुहोस्