Logo
Logo

भाजपासँग रुष्ट बलिउड कलाकार : भन्छन्, ‘भाजपालाई मतदान नगरौँ’


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १५ चैत । यतिखेर भारतमा चुनावी चलखेल बढेको छ । भारतमा लोकसभा चुनाव आउनलाई खाशै अब धेरै समय बाँकी छन् । जसले गर्दा राजनीति दलहरु आ–आफ्नो चुनावी प्रोपागाण्डा मच्चाइरहेका छन् । केही साता दिनअघि मात्र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनताको मत जित्न इमोशनल नारा ल्याए, ‘म जनताको चौकीदार हुँ ।’
तर, यसैबेला बलिउड कलाकारले भारतीय जनता पार्टीलाई मतदान नगर्न आग्रह गरेका छन् । एक सय भन्दा बढी बलिउड कलाकारले विज्ञप्ति निकाल्दै सत्तारुढ दल भारतीय जनता पार्टी ‘भाजपा’ लाई लोकसभा चुनावमा मतदान नगर्न आग्रह गरेका छन् । उनीहरु किन भाजपासँग यति धेरै रुष्ट बने, त्यो खुलाइएको छैन । तर, बलिउड कलाकारको यस्तो विज्ञप्तिले भारतको राजनीति विशेषगरी सत्तारुढ दल भाजपामा तरंग आएको छ ।
भाजपालाई भतदान नर्गन आग्रह गर्दै उनीहरुले विज्ञप्तिमा हस्ताक्षरसमेत गरेका छन् । यसरी हस्ताक्षर गर्नेमा अधिकांश स्वतन्त्र फिल्मकर्मी छन् । ‘सेभ डेमोक्रेसी’ नामक संस्थाको तर्फबाट उनीहरुले यस्तो विज्ञप्ति निकालेका हुन् ।
जसमा बलिउडका प्रसिद्ध फिल्मकर्मी आनन्द पटवार्धन, सनलकुमार शशिधरण, पुष्पेन्द्र सिंह, सुदेभन, भेत्राई मारन, दीपा धनराज, गुर्भिन्दर सिंह, कविर सिंह चौधरी, प्रविण मोर्छाले, अञ्जली मोन्तेइरो, देवाशिस मुखर्जी लगायत फिल्मकर्मीले विज्ञप्तिमा हस्ताक्षर गरेका छन् । आर्टिस्ट सुनितेन्दिया डटकममार्फत उक्त विज्ञप्ति सार्वजनिक गरिएको हो ।
सन् २०१४ देखि नै शक्ति र सत्तामा रहेको भारतीय जनता पार्टीले झन खराब काम गरेको र मुलुकको अवस्था झन बिग्रँदै गएको भन्दै उनीहरुले आसन्न लोकसभामा उक्त पार्टीलाई मतदान नगर्न विज्ञप्तिमा आग्रह गरिएको छ । (एजेन्सीको सहयोगमा)

प्रतिक्रिया दिनुहोस्