Logo
Logo

लगानी सम्मेलन—भद्रगोल व्यवस्थापन, अपहेलित उद्योगमन्त्री


- दृष्टि न्युज/संवाददाता



लगानी सम्मेलन शुक्रवार काठमाण्डौमा शुरु भएकोछ । तर यसको व्यवस्थापन सही तरिकाले नभएको देखिएकोछ । उद्घाटन सत्रमा आएका मध्ये आधा हल भित्र प्रवेश गरेपछि नै हल भरियो । सम्मेलनमा सहभागी हुन आएका पाहुनाहरुले उभीने समेत ठाउँ पाएनन् ।

कार्यक्रममा ६ सय विदेशी पाहुना र ४ सय स्वदेशी उद्योग व्यवसायीलाई वोलाइएको भनिएपनि उद्योगव्यवसायी भन्दा अन्य अनावश्यक मानिसहरु पनि सहभागी भएको देखियो ।

नेपालका विविध क्षेत्रका स्थापित उद्योग व्यवसायीहरुलाइ समेत सरकारले स्थान दिएन । नेपालमा लगानी ल्याउन सक्ने उनीहरुलाई सरकारले लगानी सम्मेलनको तयारी देखि जिम्मेवारी दिएर सहभागीता फराकिलो वनाउने पर्ने काम सरकारले गरेको देखिएन ।

स्वयम् उद्योगमन्त्री यादवले उद्घाटन सत्रमा अग्रसीटमा वस्ने ठाउँ नपाएर स्क्रीनमा कार्यक्रम हेर्न मिल्ने पछाडिको सीटमा वस्न वाध्य भए । उद्योग मन्त्रीलाई समेत भूमिकाविहीन वनाइएको देखियो ।

सरकारले पहिलो लगानी सम्मेलनमा भारतका अर्थमन्त्रीलाई सहभागी गराएको थियो । तर यसपाली नेपालमा खासै लगानी नआउने म्यानमारका मन्त्रीलाई विशेष अतिथि वनायो । नेपालमा लगानी आउने देश चीन, भारत, जापान, कोरिया वा युरोपका विशेष अतिथिलाई सहभागी गराउने तर्फ सरकार असफल देखियो ।

सम्मेलन हलमा आएर यसका विविध सत्रहरुमा छलफल भएर लगानी आउने भन्दा पनि सम्मेलन अगाडि नै सौहार्दपूर्ण तरिकाले अनेकौंपटक छलफल गरेर लगानी प्रतिवद्धता ल्याउने हो । सम्मेलनमा त त्यसको औपचारिक घोषणा मात्र हुने हो । सरकारले यस्तो तयारी कति गर्न सकेकोछ, त्यही अनुसार लगानी घोषणाको प्रतिवद्धता घोषणा हुनेछ ।
रवीन्द्र श्रेष्ठ

प्रतिक्रिया दिनुहोस्