Logo
Logo

जसपाको ठाकुर पक्षका नेता बैठक बस्दै


दृष्टि संवाददाता



काठमाडौं । जता समाजवादी पार्टीका महन्थ ठाकुर र राजेन्द्र महतो पक्षका नेताहरू आज छलफल गर्दै छन् । दिउँसो १ बजे बबरमहलमा उनीहरू समसामयिक राजनीतिक घटनाक्रमबारे केन्द्रित रहेर छलफलमा जुट्न लागेका हुन् ।

जसपाको ठाकुर पक्ष नेता राजेन्द्र महतोसहित प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा गएको थियो । महतो उपप्रधान तथा सहरी विकास मन्त्री भएका थिए । जसपाबाट दुई राज्यमन्त्री र ९ जना मन्त्री भएका थिए ।

तर सर्वोच्चले अन्तरिम आदेश दिएसँगै १९ दिनमै मन्त्रीहरू पदमुक्त भएका थिए । मंगलबार पदमुक्त भएका मन्त्रीहरू र नेताहरू अब कसरी अगाडि बढ्ने भन्नेबारे छलफलमा जुट्न लागेका छन् ।

पर्यटन मन्त्रीबाट पदमुक्त भएका जसपा नेता उमाशंकर अरगरियाले समसामयिक राजनीतिक घटनाक्रमबारे आज छलफल गर्न लागिएको बताए । जसपामा ओली सरकारमा जाने कि नजाने भन्नेमा विवाद थियो ।

अध्यक्ष ठाकुर पक्ष सरकारमा गएको थियो भने अर्का अध्यक्ष उपेन्द्र यादव विपक्षी गठबन्धनतर्फ लागेर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भावी प्रधानमन्त्रीका लागि अगाडि सार्दै हस्ताक्षर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्