Logo
Logo

विपक्षी गठबन्धनका शीर्ष नेताले आज सम्पादकहरुसँग छलफल गर्ने


दृष्टि संवाददाता


काठमाडौं । विपक्षी गठबन्धनले आज सञ्चारकर्मीहरुसँग पछिल्लो कदमको बारेमा अन्तरक्रिया गर्ने भएको छ । सम्पादकहरुसँग अपरान्ह संसद भवनमा छलफल कार्यक्रम राखिएको नेपाली कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

उनका अनुसार विपक्षी गठबन्धनका शीर्ष नेताहरु शेरवहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड, उपेन्द्र यादव, माधवकुमार नेपाल र दुर्गा पौडेलले अन्तरक्रिया आयोजना गरेका हुन् ।

सम्पादकहरुसँगको अन्तरक्रियापछि आजै राजनीतिक बिटमा काम गर्ने पत्रकारहरुसँग पनि अलग्गै छलफलको आयोजना गरिएको छ । विपक्षी गठबन्धनले बुद्धिजिवी र नागरिक समाजसँग पनि छलफल गर्ने भएको हो । सर्वोच्च अदालतमा दायर गरेको रिटमाथि संवैधानिक इजलासमा सुनुवाइ भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्