Logo
Logo

सन्तोषी सुब्बाको हत्या अभियोगमा एक जना पक्राउ


दृष्टि संवाददाता


काठमाडौं । सन्तोषी सुब्बाको हत्या अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुवास तिमिल्सिना रहेको प्रहरी स्रोतले बताएको छ ।

उनलाई उपत्यका अपराध अनुसन्धानको टोलीले काठमाडौंको असनबाट पक्राउ गरेको हो । सोही विषयमा प्रहरीले साढेँ ११ बजे पत्रकारसम्मेलन गर्दै छ ।

काठमाडौं कालोपुल बस्दै आएकी सन्तोषी सुब्बाको शव प्रहरीले मंलगबार दक्षिणकालीको मन्दिरनजिकको एक सार्वजनिक शौचालयमा भेट्टाएको थियो । उनको घाँटी थिचेर निर्मतापूर्वक हत्या गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्