Logo
Logo
प्रतिनिधिसभा विघटन मुद्धा

आज ६ अधिवक्ताले बहस गर्दै, शुक्रबारसम्ममा बहस सक्नेगरी तयारी


दृष्टि संवाददाता



काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध तथा काँग्रेस सभापति शेरबहादुर देउवासहित १ सय ४६ जना सांसदको रिटमाथि आज पनि संवैधानिक इजलासमा सुनुवाइ हुँदैछ ।

बुधवार ५ जना कानुन व्यवसायीले बहस गरेका थिए । रिट निवेदकका लागि संवैधानिक इजलासले सुरुवाती बहसका लागी १२ घण्टाको समय दिएको छ ।

अब, रिट निवेदक तर्फका कानुन व्यवसायीले ८ घण्टा सुरुवाती बहस गर्न पाउनेछन् । शुक्रबारसम्ममा बहस सक्नेगरी तयारी गरिएको अधिवक्ता गोविन्द शर्मा बन्दीले बताएका छन् ।

यस्तै, आज बरिष्ठ अधिवक्ता हरिहर दाहाल, रमन कुमार श्रेष्ठ, शेरबहादुर केसी, अधिवक्ता डा. दिनमणी पोखरेल, बरिष्ठ अधिवक्ता तुलसी भट्ट, वोर्णबहादुर कार्कीलगायतले बहस गर्दैछन् । शुक्रबार अधिवक्ता टिकाराम भट्टराई, सुनिल पोखरेल र भिमार्जुन आचार्यले बहस गर्नेछन् ।

कांग्रेस सभापति देउवाको तर्फबाट २ सय ६९ जना कानुन व्यवसायीले वकालत नाम बुझाएका छन् । वकालतनामा सँगै कानुन ब्यवसायीलाई बहस नोटमा पनि हस्ताक्षर गराइएको छ ।

प्रतिक्रिया दिनुहोस्