Logo
Logo

सन्तोषीको हत्या आरोपी पक्राउ, बलात्कारको प्रतिकार गर्दा हत्या


दृष्टि संवाददाता



काठमाडौं । विभिन्न जातको जनावरहरुको आवाज निकालेर भाइरल भएकी सन्तोषी सुब्बाको हत्या गर्ने आरोपी पक्राउ परेका छन् ।

महानगरीय अपराध महाशाखाले पत्रकार सम्मेलन गरेर बिहीबार अभियुक्त तिमल्सिनालाई सार्वजनिक गरेको हो । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी १४ घर भइ दक्षिणकाली नगरपालिका ७ बस्ने २९ वर्षीय सुरेशले सन्तोषीको हत्या गरेको खुलेपछि असनबाट प्रहरीले पक्राउ गरिएको थियो ।

असार ६ गते दक्षिणकाली पुगेकी सन्तोषीले सुरेश तिमल्सिनासँग खाने र बासको समस्या भएको बताएपश्चात अभियुक्तले खाना र सुत्ने व्यवस्था मिलाइदिन्छु भन्दै दक्षिणकाली मन्दिरनजिकै जंगलमा पुर्याएका थिए । पिकनिक स्थलमा रहेको सार्वजनिक शौचालय नजिक उनको शव फेला परेको थियो ।

घटनास्थलमा उनले जरबरजस्ती गर्नेक्रममा सन्तोषीले प्रतिकार गरेपछि सुरेशले घाँटी थिचि मृतकको सलले घाँटीमा बेरी हत्या गरेको खुलेको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । हत्यापश्चात अनुहारमा पटक पटक ढुंगाले प्रहार गरी फरार भएको पाइएको पनि प्रहरी अनुसन्धानबाट खुलेको पत्रकार सम्मेलनमा जानकारी दिएइको छ ।

प्रहरीले शव सन्तोषीको भएको पुष्टि बुधबार गरेको थियो भने त्यसको २४ घण्टा नबित्दै हत्या आरोपीलाई नियन्त्रणमा लिएर सार्वजनिक गरेको हो ।

प्रतिक्रिया दिनुहोस्