Logo
Logo

ओली-प्रचण्डको राजनीतिक प्रतिवेदन [पूर्णपाठ]


- दृष्टि न्युज/संवाददाता


काठमाडौं ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को शनिवार बसेको स्थायी कमिटी बैठक आज ११ बजे पुन बस्दै छ । 

स्थामी समिती बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेश गरेको राजनीतिक प्रतिवेदन र नेता वामदेव गौतमले पेश गरेको फरक राजनीतिक प्रतिवेदन उपर छलफल हुने बुझिएको छ ।

अध्यक्षद्वयका तर्फबाट अध्यक्ष प्रचण्डले बैठकमा पेश गरेको २२ पृष्ठ लामो प्रतिवेदनमा पेश गरेका छन । उक्त प्रतिवेदनमाथि आज बस्ने बैठकबाट छलफल शुरू हुनेछ ।

प्रतिवेदनमा सत्तारुढ संघीय समाजवादी फोरमलाई भने तराई मधेशमा संलग्न दलमध्ये तुलनात्मक रूपमा उदार र सकारात्मक सोच राख्ने दलको रूपमा चित्रित गरिएको छ। साथै, मधेशको रुपान्तरणका लागि सहकार्य गर्नु आवश्यक रहेको उल्लेख छ।

नेकपाले प्रतिवेदनमा राजपा नेपाललाई दुविधाग्रस्त पार्टीका रूपमा अर्थ्याएको छ। ‘यसका नेताहरूले संविधान संशोधन नगरे सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएका छन्’, प्रतिवेदनमा भनिएको छ, ‘निरन्तर संवादका माध्यमबाट लोकतन्त्र, संविधान, समृद्धि र राष्ट्रिय एकताको सुदृढिकरण एवं तराई मधेशको सामाजिक आर्थिक रुपान्तरणमा यस पार्टीलाई पनि सकारात्मक स्थानमा उभ्याउने नीति लिनुपर्दछ।’

 प्रतिवेदनको पूर्णपाठ याे लिंक खाेल्नुहाेस्

  https://drive.google.com/file/d/1ccxpE74USDdH0VmeRpKbCaNUSVLsuhkG/view

प्रतिक्रिया दिनुहोस्