Logo
Logo

खोप कता हरायो  ? हल्ला बढी, परिणाम छैन


दृष्टि संवाददाता



काठमाडौं । दुई महिनायता राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन परराष्ट्रमन्त्री र स्वास्थ्यमन्त्रीलगायतका गतिविधि र वक्तव्य हेर्ने हो भने यतिबेला नेपालमा कोभिड–१९ विरुद्धको खोप सर्वत्र उपलब्ध हुनुपर्ने हो ।

तर यसबीचमा चीनले अनुदानमा खोप दिएबाहेक खरिद प्रक्रियामा कुनै प्रगति भएको छैन । कोभिसिल्ड खोप एक मात्रा मात्र लगाएकाहरूले त समय घर्किन लाग्दासमेत दोस्रो मात्रा पाउने निश्चित छैन ।

राष्ट्रपति भण्डारीले भारत, अमेरिका र रुसका राष्ट्रपति तथा बेलायतकी महारानी एलिजाबेथ द्वितीयलाई पत्र पठाएर खोप खरिदका लागि सहयोग गरिदिन आग्रह गरेकी थिइन् । तीन साता भइसक्दा पनि ती पत्रहरूको जवाफ आएको छैन । चीनका राष्ट्रपति सी चिनफिङले भने जेठ १३ गते टेलिफोन संवादका दौरान नेपाललाई थप १० लाख खोप अनुदानमा सहयोग गर्ने घोषणा गरेका थिए ।

प्रधानमन्त्री ओलीले खोपको सम्बन्धमा गत असार २ गते कोभिड–१९ निर्देशक समितिको बैठकमा भनेका थिए, ‘चीनबाट ४० लाख खोप खरिद गर्न लागिएको छ । सिनोफार्मले दुई साताभित्र १० लाख र त्यसपछि हरेक साता ५–५ लाखका दरले ३० लाख दिन सक्ने भनेको छ । खोप खरिदको सहमति स्वास्थ्य मन्त्रालयले गर्नेछ ।’

तर हालसम्म पनि नेपालले चीनबाट कति खोप ल्याउन सक्ने पक्का भइसकेको छैन । स्वयं स्वास्थ्य मन्त्रालयले असार ३ गते विज्ञप्ति निकालेरै चीनबाट खोप ल्याउने सम्बन्धमा प्रस्ट नभएको जानकारी दिइसकेको छ ।, यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्