Logo
Logo

भोकाहरुको संकट टार्दै ‘एनएसएफ’


दृष्टि संवाददाता

1.3k
Shares

काठमाडौं । निशाञ्जय फाउण्डेशन ‘एनएसएफ’ले सुरुदेखि नै कोभिड–१९ को महामारीका कारण संकटमा परेका सडक बालबालिकादेखि असहाय तथा एकल महिलाहरुलाई सहयोग गर्दै आएको छ ।

निशाञ्जय फाउण्डेशनले दैनिक ज्यालादारी गरेर छाक टार्दै आएकाहरु निषेधाज्ञाका कारण रोजगारी गुमाएर भोकभोकै भएका श्रमित तथा मजदुरहरुलाई निःशुल्क खानादेखि लिएर खाद्यन्नलगायतका राहत सामग्री वितरण गर्दै आएको छ ।

यसैक्रममा कोरोना माहामारीका कारण प्रभावित भएका ६ मजदुर परिवारलाई पनि राहतस्वरुप खाद्यान्न वितरण गरेको छ । गोँगबूस्थित नयाँ बसपार्क क्षेत्रमा भारी बोक्ने काम गर्दै आएका ६ परिवारलाई खाद्यान्न वितरण गरेको फाउण्डेशनकी अध्यक्ष निशा महर्जनले बताइन् ।

कर्णालीको दैलेख जिल्लाका उनीहरु माहामारीका कारण घर जान नसकेपछि काठमाडौंमै बस्दै आएका छन् । काठमाडौंमा बस्दा काम नपाएर उनीहरु भोकभोकै अवस्थामा पुगेपछि राहत दिइएको फाउण्डेशनले जनाएको छ ।

नयाँ बसपार्क गोंगबु क्षेत्रका मजदुरकको परिवरलाइ प्रति परिवार २५ केजी चामल, दुई लिटर तेल, आलु ४ केजी, २ केजी दाल, २ केजी क्वाटी, एक दर्जन बिस्कुट, दुई प्याकेट स्पाइस, दुई केजी चिनी, एक प्याकेट नुन, एक प्याकेट मसेउरा, दुई ओवा डिटोल साबुन र तीन केजी चिउरा राहत वितरण गरिएको थियो ।

बालबालिकाको रेखदेखका लागि दर्ता गरिएको फाउण्डेशनले लकडाउनमा विपन्न वर्गका परिवारलाई राहत बाँड्दै आएको फाउण्डेसनका संजयलाल श्रेष्ठले बताए ।

कोरोनाको पहिलो लहरको बेलादेखि नै अध्यक्ष निशा महर्जन, व्यवस्थापक सन्दिपलाल श्रेष्ठ, सञ्जलयलाल श्रेष्ठ, सुशीला श्रेष्ठ, शर्मिला श्रेष्ठ, सम्झना राई, विश्व गुरुङ र अमृत महर्जनलगायतको टीमले राहत वितरण गर्दै आइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्