Logo
Logo
प्रतिनिधिसभा विघटन मुद्धा

आज २९ जना कानुन व्यवसायीले बहस गर्दै

रिट निवेदक पक्षबाट आज बहसको अन्तिम दिन


दृष्टि संवाददाता

1.1k
Shares

काठमाडौं । आज पनि प्रतिनिधिसभा विघटन विरुद्धको रिटमाथि संवैधानिक इजलासमा सुनुवाइ हुँदैछ । आज रिट निवेदक पक्षबाट बहसको अन्तिम दिन हो ।

आज २९ जना कानुन व्यवसायीले बहस गर्दैछन् । उनीहरलाई तीनदेखि ३० मिनेटसम्म समय सीमा तोकिएको छ । आजको बहसका लागि वरिष्ठ अधिवक्ताद्वय कृष्णप्रसाद भण्डारी र सतिषकृष्ण खरेलले सबैभन्दा बढी ३०–३० मिनेट समय पाएका छन् ।

गत ७ जेठमा सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गर्दै आगामी २६ कात्तिक र ३ मंसिरमा मध्यावधि निर्वाचन घोषणा गरेकी थिइन् । प्रधानमन्त्री र राष्ट्रपतिको उक्त कदमलाई असंवैधानिक भन्दै सर्वोच्च अदालतमा ३० वटा रिट परेका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवालाई वैकल्पिक प्रधानमन्त्रीको रुपमा अघि सारेका विपक्षी गठबन्धनका १४६ सांसदको तर्फबाट दायर रिटमा देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गर्न मागसमेत गरिएको छ ।

रिटमा सुनुवाइका लागि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको नेतृत्वमा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा.आनन्दमोहन भट्टराई रहेको संवैधानिक इजलास गठन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्