Logo
Logo
संवैधानिक इजलामा बहस

‘राष्ट्रपतिलाई विश्वसनीयता परीक्षण गर्ने अधिकार संविधानले दिएको छैन’


दृष्टि संवाददाता




काठमाडौं ।
प्रतिनिधिसभा विघटन विरुद्धको दायर रिटमाथि संवैधानिक इजलासमा शुक्रबार बहस सुरु भएको छ । बहसका क्रममा वरिष्ठ अधिवक्ता श्रीहरि अर्यालले राष्ट्रपति र प्रधानमन्त्रीको काम वदनियतपूर्ण देखिएको बताए ।

रिट निवेदकका तर्फबाट बहस गर्दै वरिष्ठ अर्यालले ‘प्रधानमन्त्रीले आफैँले खाएको सपथको समेत पालना नगरेको बताउँदै भने, ‘प्रधानमन्त्रीले संविधानको पालना गर्छु भनेर शपथ खाएको हो कि होइन ?

संवैधानिक परिषद् र नागरिकता विधेयक ल्याउँदा पनि बदनियत राखिएको जिकिर गर्दै उनले भने, ‘यो बदनियतको हद हो । राष्ट्रपतिलाई बहुमतको विश्वसनीयता परीक्षण गर्ने विशेष अधिकार संविधानले दिएको छैन ।’ त्यस्तो अधिकार दिइएको भए संविधानमै प्रस्ट लेखिनुपर्ने उनको तर्क थियो ।

प्रतिक्रिया दिनुहोस्