Logo
Logo

राष्ट्रियसभाको अधिवेशन तयारी गर्न निर्देशन


दृष्टि संवाददाता


काठमाडौं । राष्ट्रियसभा बैठकका लागि संसद सचिवालयले आवश्यक तयारी थालेको छ । राष्ट्रपतिले १७ असारबाट राष्ट्रियसभा अधिवेशन आह्वान गरेपछि तयारी थालेको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार साँझ यही असार १७ गतेका लागि राष्ट्रियसभाको अधिवेशन आह्वान गरेकी छन् ।
राष्ट्रपतिले अधिवेशन आह्वानसँगै राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले शुक्रबार बानेश्वरस्थित संसद भवन पुगेर आवश्यक तयारीका लागि संसद सचिवालयलाई निर्देशन दिएका हुन् ।

अघिल्लो बर्ष पुस १७ गते सुरु भएको राष्ट्रिय सभाको हिउँदे अधिवेशन तीनवटा बैठकपछि २६ पुसमा अन्त्य भएको थियो ।

प्रतिक्रिया दिनुहोस्