Logo
Logo

एलिनाको ‘क्या हिरो भएछ’


दृष्टि संवाददाता


काठमाडौं । गायिका एलिना चौहानको रोमान्टिक गीत ‘क्या हिरो भएछ’ सार्वजनिक गरिएको छ । भर्खरै गीतसंगीत दुनियाँमा प्रवेश गरेका गीतकार एवं निर्देशक विष्णुविक्रम निरौला शब्दरचना रहेको ‘क्या हिरो भएछ’ बोलको गीतको लिरिकल भर्सनमा सार्वजनिक गरिएको हो ।

गीतकार एवं निर्देशक निरौलाद्वारा लिखित पहिलो गीत गायक किरण भुजेलको स्वरमा ‘चट्ट कपाल कोरेर’ सार्वजनिक भएको थियो । त्यसपछि ‘माया पलायो’, ‘गाजल लिपिक्कै’ ल्याएका थिए । पछिल्लो उनको गीत एलिना चौहानले गाएकी हुन् ।

प्रतिक्रिया दिनुहोस्