Logo
Logo

नाट्यकर्मीहरुलाई खोपको माग


दृष्टि संवाददाता

378
Shares

काठमाडौं । नेपालको नाट्यकर्मीहरुको छाता संस्था नाट्यकर्मी महासंघले देशका नाट्यकर्मीहरुका लागि खोपको व्यवस्थापन गर्न नेपाल सरकारसँग माग गरेको छ ।

महासंघका अध्यक्ष राजेन्द्र रिमालका अनुसार स्वास्थ्य हरेक नागरिकको संविधानप्रदत्त मौलिक हक हो, अतः विश्वव्यापी महामारीका रुपमा आएको कोभिडको विरुद्ध लगाईने खोप नेपाली नाट्यकर्मीहरुलाई पनि प्राथमिकताका साथ उपलब्ध गराईदिन जोडदार माग गरिएको छ ।

महासंघले नेपाली नाट्यकर्मीहरुले हरेक विपतमा राज्यलाई सहयोग गर्दै आइरहेको र अहिले कोभिड प्रभावित क्षेत्रमा अक्सिजन सिलिन्डर, मास्क, पिपिई, स्यानिटाईजर लगायत खाद्यान्न समेत स्वतस्फूर्त रुपमा उपलब्ध गराएको र भर्खरै गएको बाढीपहिरो पीडितहरुलाई पनि आवश्यक सहयोग पु¥याउँदै आएको स्मरण गराएको छ ।

त्यस्तै, कोभिड १९ का कारण बन्द गरिएका नाट्यशालाहरुलाई अन्य क्षेत्रहरुलाई जस्तै स्वास्थ्य सावधानी अपनाएर सञ्चालन अनुमति प्रदान गर्न समेत माग गरिएको छ । महासंघले भनेको छ – पेशागत रुपमै नाटकमा आबद्ध नाट्यकर्मीहरुको विगत लामो समयदेखि पेशा खोसिएर बस्नु परेको छ जसले जीवनयापनमा नै कठिनाई उत्पन्न भएको छ ।

अतः नाट्यशालाहरु खोलेर नाट्यकर्मीहरुको जीवन सहज बनाउन समेत माग गरिएको छ । त्यसका लागि पनि सम्पूर्ण नाट्यकर्मीहरु तथा आम नागरिकहरुलाई खोपको व्यवस्थापन गर्नु अपरिहार्य भएकोले सिघ्र खोपको माग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्