Logo
Logo

२ हजार १६ संक्रमित थपिए, ४ हजार ९१४ संक्रमणमुक्त


दृष्टि संवाददाता

2.3k
Shares

काठमाडौं । नेपालमा थप २ हजार १६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

गत २४ घण्टाको अवधिमा ४ हजार ७०४ जनाको पीसीआर विधिबाट नमूना परीक्षण गर्दा १ हजार १७४ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै ४ हजार ८०६ जनाको एन्टिजेन परीक्षण गर्दा ८४२ जनामा संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभर गरी ३० जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै कोरोना भाइरसको संक्रमणबाट हालसम्म मृत्यु हुनेको संख्या ८ हजार ९७५ पुगेको छ।

त्यस्तै गत २४ घण्टाभित्र नेपालमा थप चार हजार ९१४ जना संक्रमितले कोरोना भाइरसलाई जितेका छन् । यससँगै नेपालमा कोरोना संक्रमित भई निको हुनेको संख्या पाँच लाख ८१ हजार ३२७ पुगेको छ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000