Logo
Logo

एमालेको ‘रियल लिडर’ माधवजी हो : प्रचण्ड


दृष्टि संवाददाता

743.5k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेको ‘रियल लिडर’ पूर्वप्रधानमन्त्री माधव नेपाल भएको बताएका छन् ।

शनिबार नयाँ बानेश्वरमा पत्रकारहरुसँगको छलफल कार्यक्रममा उनले भने- एमालेको ‘रियल लिडर’ माधवजी हो, केपी शर्मा ओली खस्किदैँछन् ।

प्रचण्डले प्रधानमन्त्री ओलीले अदालतलाई धम्क्याउन थालेको आरोप लगाए । उनले पाँच पूर्वप्रधानमन्त्रीद्वारा जारी वक्तव्यको अन्तर्य बुझ्नेलाई इसारा काफी रहेको बताए ।

गठबन्धन मुद्दामा आधारित भएको पनि अध्यक्ष प्रचण्डले स्पष्ट पारे । उनले भने, ‘यो गठबन्धन मुद्दामा आधारित भएर बनेको हो । शेरबहादुरजीको दायाँबायाँ माधव जी र म छौ । हामीले नै देउवालाई प्रम अफर गरेका हौ, उहाँले मागेको होइन । हाम्रो लडाइँ प्रमको लागि होइन । यथार्थ के हो भने यसपटक प्रधानमन्त्री हुन र सरकार बनाउन मात्रै गठबन्धन गरेको होइन ।’

प्रचण्डले आफूहरुको चलखेल स्वीकार्य नहुने बताए । ‘तपाईंहले भाषा हेर्नुभयो भने, नेपाल र नेपालीलाई अपिल गरिएको छ। हामी छिमेकीहरुसँग पनि राम्रो सम्बन्ध होस् भन्ने चाहन्छौँ,’ उने भने, ‘तर हाम्रोभित्र अनावश्यक चलखेल हामीलाई स्वीकार्य छैन। नेपाली जनता, नेपाली मनोविज्ञान, नेपालको संस्कार त्यस्तो होइन। नेपालको हामी सक्दैनौँ भन्ने कुरा पनि त्यहाँ छ ।’

प्रतिक्रिया दिनुहोस्