Logo
Logo

कोरोना विरुद्धको खोपमा कालोबजारी रोक्न मञ्चको माग


दृष्टि संवाददाता

1.3k
Shares

काठमाडौं । नेपालको पूर्वी नाकाबाट कोरोनाविरुद्धको खोप (कोभिशिल्ड) अवैध रुपमा भित्र्याएर लुकिछिपी चर्को मूल्यमा विक्री गर्न थालिएको भन्दै राष्ट्रिय उपभोक्ता मञ्चले सरकारको ध्यानाकर्षण गराएको छ । अवैध रुपमा भित्र्याइएको खोप ३ देखि ५ हजार रुपैयाँसम्म बिक्रीवितरण भइरहेको मञ्चको भनाइ छ ।

मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले आइतबार विज्ञप्ति जारी गर्दै कोभिसिल्डको पहिलो खोप लगाएका नागरिकले समयमा दोश्रो खोप लगाउन नपाउँदा हतोत्साहित र निराश बनेको स्थितिमा अवैध रुपमा भित्र्याएर कालोबजारी हुन थालेको भन्दै ध्यानाकर्षण भएको जनाएको हो ।

सरकारी निकायबाटै खोपहरू गायब भएको आश्चर्यजनक समाचारहरु आइरहेको बेलामा केही अनुचित व्यापारिक कृयाकलाप गर्ने, जनस्वास्थ्यमाथि खोलवाड गर्ने भ्रष्ट मनस्थितिका व्यक्तिहरुले यस प्रकारको धन्दा गर्न थालेको मञ्चको भनाइ छ ।

मञ्चले सर्वसाधारण जनताको जनस्वास्थ्यमाथि खेलबाड भइरहेकोमा सरकारको ध्यानाकर्षण गर्दै तत्काल यसबारे सम्बन्धित सरकारी निकायबाट अध्ययन, अनुसन्धान तथा छानविन गरी अनुचित व्यापारिक कृयाकलाप गर्ने वा मानव स्वास्थ्यमा खेलबाड गर्नेविरुद्ध कडाभन्दा कडा कारवाहीको माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्