Logo
Logo

त्रिविमा विद्यार्थीको प्रदर्शन


दृष्टि संवाददाता


काठमाडौं । त्रिभुवन विश्वविद्यालयका विद्यार्थीहरूले एमफिल तथा पीएचडीको अध्ययन शुल्क वैज्ञानिक नभएको भन्दै प्रदर्शन गरेका छन् । आइतबार त्रिविमा भेला भएका उनीहरुले त्रिवि विद्यार्थी संघर्ष समितिको ब्यानरसहित प्रदर्शन गरेका थिए ।

त्रिविले प्राविधिक बाहेकका मानविकी, शिक्षाशास्त्रजस्ता विषयमा समेत महँगो शुल्क लिएको भन्दै विद्यार्थीले विरोध जनाएका छन् । उनीहरुले एमफिल, पीएचडी निःशुल्क गर’, ‘राज्यको लगानीमा उच्च शिक्षा सुरक्षित गर’, ‘त्रिविमा शिक्षाको व्यापार बन्द गर’जस्ता नारा लेखिएका प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए । प्रदर्शनमा माग पुरा नभएसम्म आन्दोलन जारी राख्ने त्रिवि विद्यार्थी संघर्ष समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्